नियम १९
निरोगिताको प्रमाणपत्र पेश गर्नु पर्ने
(१) कुनै पनि व्यक्तिले अनुसूची–५ बमोजिम निरोगिताको प्रमाणपत्र पेश नगरी निजलाई
निजामती पदमा स्थायी नियुक्ति गरिने छैन ।
(२) निरोगिताको प्रमाणपत्र नेपाल सरकारद्वारा स्वीकृत चिकित्सकबाट प्राप्त भएको हुनु पर्नेछ ।